३० जेठ २०८३, शनिबार

ललितपुरबाट एक लाखसहित ११ जुवाडे पक्राउ

फागुन ३, २०७६
ललितपुरबाट एक लाखसहित ११ जुवाडे पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा  जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतकोे घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो।

पाँचथर  अमरपुर वडा नं २ घर भएका कृष्णकुमारी लिम्बूले घर भाडामा लिइ जुवातास खेलाइरहनुभएको जनाइएको छ।   

पक्राउपर्ने लिम्बुसहित  प्रभुराज राई, इन्टर राई, ज्ञानेन्द्र हुमागाईं, विजय पराजुली, नवीन नेपाली र प्रेमकुमारी लिम्बू रहेका छन्।

उनीहरुलाई  एक लाख ११ हजार नगदसहित नियन्त्रणमा लिएको सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।

उनले  गोदावरी नगरपालिका वडा नं १ गोदामचौर सातथलीबाट जुवाडे रुपक कार्की, नवराज कार्की, गौतम कार्की र प्रताप लामालाई पक्राउ गरिएको जानकारी दिए।


 

salt training

कमेन्ट गर्नुहोस्