
पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी पत्नी कोमल शाहलाई लिएर भारत प्रस्थान गरेका छन् ।
निर्मल निवास सचिवालयका अनुसार उनी धार्मिक यात्राका लागि सपरिवार भारत प्रस्थान गरेका हुन् ।
उनी आफ्नो परिवारसँगै निकटका अन्य नातेदारसहित आइतवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्न लागेका हुन् ।
विशुद्ध धार्मिक यात्रा भनिएपनि उनले राजनीतिक भेटघाट हुने स्रोतको दाबी छ ।
दुई साताको भारत बसाईमा उनी पन्जाबको अमृतसर पनि पुग्नेछन् ।