०३ असार २०८३, बुधबार

समितिलाई नै टेर्दैनन् समस्याग्रस्त सहकारी

फागुन ५, २०७६
समितिलाई नै टेर्दैनन् समस्याग्रस्त सहकारी

बचतकर्ताको रकम हिनानिमना गरी समस्यामा परेका समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई नै सहकारीका सञ्चालकले अटेर गर्दै अएका छन् ।

समितिले ओरिएन्टल को-अपरेटिभका सुधीर बस्नेत समितिले बोलाउँदा एकपटक पनि उपस्थिित नभएकोजनाएको  छ।

समस्याग्रस्त १२ वटा सहकारीमध्ये केहीले राजनीतिक आडमा समितिलाई अटेर गर्दै आएका छन्। छलफलका लागि बोलाउँदा पनि सञ्चालकहरूको दादागिरी चल्ने गरेको समितिको गुनासो छ।

जसका कारण समिति गठन भएको दुई वर्ष हुँदा पनि अहिलेसम्म एउटा पनि सहकारीको समस्या हल भएको छैन।

बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् । समितिमा सहकारीबाट समस्यामा परेकाको दैनिक भीड लाग्छ तर समिति गठन भएको दुई वर्षसम्म पनि पीडितले राहत पाउन सकेका छैनन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्