२५ असार २०८३, बिहीबार

वितरणतर्फको चुहावट एकल अङ्कमा झार्न विद्युत् प्राधिकरण सफल

फागुन ५, २०७६
वितरणतर्फको चुहावट एकल अङ्कमा झार्न विद्युत् प्राधिकरण सफल

नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा रहेको चुहावटलाई एकल अङ्कमा झार्न सफल भएको छ ।

गत साउन अन्त्यसम्ममा रहेको ११.२८ प्रतिशतमा रहेको वितरण प्रणालीको चुहावटलाई छ महिनाभित्र ९.७८ मा झार्न सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अबको छ महिनाभित्र ८.५ प्रतिशतमा समेट्ने लक्ष्य राखेको छ । १५.३२ प्रतिशत रहेको समग्र चुहावटलाई चालू आवमा १३ मा झार्ने लक्ष्यका साथ प्रणाली सुधार तथा चोरी नियन्त्रण अभियानलाई सक्रिय बनाइएको प्राधिकरणले जनाएको छ ।

आव २०७२/७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५/७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको छ ।

चालू आर्थिक वर्षको बाँकी छ महिनामा चुहावट नियन्त्रणको निर्धारित लक्ष्य हासिल हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी छ । चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रूपमा झन्डै १० अर्ब रुपियाँ थप आम्दानी भएको उनको भनाइ छ ।

घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे। गोरखापत्र‍ दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्