०३ असार २०८३, बुधबार

एडीबीद्वारा विभिन्न परियोजनामा ३२ करोड ३७ लाख खर्च

फागुन ६, २०७६
एडीबीद्वारा विभिन्न परियोजनामा ३२ करोड ३७ लाख खर्च

एसियाली विकास बैङ्क (एडीबी) ले सन् २०१९ मा नेपालका विभिन्न परियोजनामा ३२ करोड ३७ लाख अमेरिकी डलर खर्च गरेको जनाएको छ ।

एडीबीले यसलाई हालसम्मकै उत्साहजनक उपलब्धि भनेको छ।

उसले यो वर्ष भूकम्पीय अत्यावश्यकीय सहायता कार्यक्रममा तीन करोड ५० लाख, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायताअन्तर्गत ऊर्जा प्रणाली विस्तार आयोजनामा दुई करोड़ ८७ लाख अमेरिकी डलर खर्च गरेंको हो ।

त्यस्तै खाद्य सुरक्षा तथा कृषिको व्यावसायिकीकरण परियोजनामा दुई करोड ५० लाख डलर, क्षेत्रीय सहरी विकास आयोजनामा दुई करोड २१ लाख डलर तथा विद्यालय क्षेत्र सुधार कार्यक्रममा दुई करोड डलर खर्चिएको हो । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्