३१ असार २०८३, बुधबार

लोकप्रिय कलाकारको सहकार्य ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक

लोकप्रिय कलाकारको सहकार्य ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक

हाल नेपाली संगीत क्षेत्रका निकै लोकप्रिय कलाकारहरु रोहित जोन क्षेत्री, स्वप्निल शर्मा, स्वप्न शुमन, त्रिशला गुरुङ र रोहित शाक्यको सांगीतिक सहकार्य रहेको गीत ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । 

टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो, जसमा विभिन्न प्रचलित कलाकारहरुको लाईभ स्टुडियो रेकर्डेड प्रस्तुतीहरु पेश गरिन्छ । यस डिजिटल प्ल्याटफर्ममा प्रसिद्ध कलाकारहरुले आफ्ना लोकप्रिय गीतहरु भिन्न शैलीमा प्रस्तुत गर्छन् ।

‘मेरो देश’ एक देशभक्ति गीत हो जसको शब्द र कम्पोजिसन स्वप्निल शर्माले गरेका हुन भने, एरेन्जर र निर्माताको भुमिकामा राहित शाक्य रहेका छन् । गीतको प्रिमियर टुबोर्ग ओपन सेसन्स् मार्फत गरिएको छ । गीतले नेपालको सुन्दरता र देश प्रतिको समर्पणको महिमा गर्दछ । 

‘मेरो देश’ले राष्ट्रको विविधता, बहुसंस्कृति र चरम सुन्दरताको बयान गर्दछ र देशभरिका जनताको अद्वितीय परम्परा, भाषा र संस्कृतिहरुमा आधारित कथा बताउँदछ । जब त्रिशला र स्वप्निल एक संस्कृत पदको साथ आकर्षक रुपमा गीत शुरू गर्दछन्, अन्य गायकहरूले रमाइलो गीत बनाउँदछन्।

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्नेछन् । सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । 

नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो, जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्