०३ असार २०८३, बुधबार

अर्काको घरमा ग्रिनेट राख्ने पूर्वसैनिक पक्राउ

फागुन ६, २०७६
अर्काको घरमा ग्रिनेट राख्ने पूर्वसैनिक पक्राउ

अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई आज प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको गोदावरी नगरपालिका– ५ लेलेबाट नेपाली सेनाका पूर्वहबल्दार राजकुमार सार्कीलाई पक्राउ गरिएको हो। 

स्थानीय सुकराम मिजारको घरमा ग्रिनेट फेला परेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सार्कीले राखेको पत्ता लागेपछि पक्राउ गरिएको जनाइएको छ। ग्रिनेट राख्नुको कारण भने खुलेको छैन। घटनाको विषयमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ।  उक्त ग्रिनेटलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको छ।  

salt training

कमेन्ट गर्नुहोस्