३० असार २०८३, मंगलबार

चीनबाट फर्किएकालाई ढाडस दिँदै स्वास्थ्यमन्त्रीले भने- चिन्ता नलिनुस्, सरकार तपाईहरुसँगै छ

फागुन ६, २०७६
चीनबाट फर्किएकालाई ढाडस दिँदै स्वास्थ्यमन्त्रीले भने- चिन्ता नलिनुस्, सरकार तपाईहरुसँगै छ

स्वास्थ्य तथा जनसंख्या भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन्।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उनले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।

क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फतभित्र रहेका नेपालीहरुसँग उनले सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरे। 

सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग कुराकानी गर्दै सरकार तपाईसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए। कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिएका थिए। 

जवाफमा भित्र रहेका नेपालीले सरकारले पु¥याएको सहयोगको बारेमा धन्यवाद व्यक्त गर्दै आफूहरु पूर्णरुपमा स्वस्थ्य र सरकारले गरेको व्यवस्थाप्रति निकै खुशी रहेको प्रतिक्रिया दिए।

मन्त्री ढकालले माइकमार्फत सम्बोधन गर्दै ढुक्क भएर रहन र कुनै चिन्ता नलिन आग्रह गर्नुका साथै सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए।

सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उनले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिएका थिए। क्वारेन्टाइनस्थलमा खटिका नेपाली सेनाका सेनानी डा नवीन फुयाँलले चीनबाट फर्किएका नेपालीहरु शारीरिक, मानसिक सामाजिक रुपमा पनि स्वस्थ्य रहेको आफूले पाएको मन्त्री ढकाललाई जानकारी गराए।

कोरोना भाइरसको त्रासमा चीनमा कठिन दिन बिताएका नेपालीहरु आफ्नै देशमा फर्किएर क्वारेन्टाइन सरकारले व्यवस्था गरेको सुविधामा खुशी रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

सरकारले उद्धार गरेर ल्याएका १७५ मध्ये ४० जना महिला र दुई बालबालिका क्वारेन्टाइनमा रहेका छन्। आइतबार आएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण ¥याल परीक्षणका लागि सङ्कलन गरिएको थियो भने अहिले पनि नियमित रुपमा दिनको दुईपटक उनीहरुलाई दिएको थर्मोमिटरमार्फत आफैले ज्वरो नाप्ने र त्यसको रिपोर्ट लेखेर जानकारी दिने गरेका छन्।
क्वारेन्टाइनमा मेडिकल डाक्टरसहित सात जना स्वास्थ्यकर्मीको टोलीले खटिएर काम गरिरहेको छ । जसमा एकजना मानसिक रोगका डाक्टरसमेत छन् । 

ज्वरो आएमा तत्कालै जानकारी गराउन आग्रह गरिएको र त्यस्तो अवस्था आएमा तत्कालै तयारी अवस्थमा रहेको एम्बुलेन्समा राखेर आइसोलेसन वार्डमा पु¥याउने तयारी पनि भएको छ । तर त्यस्तो अवस्था आएको छैन। 

क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको बताइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्