२८ जेठ २०८३, बिहीबार

गौतमवुद्ध क्रिकेट रंगशालालाई ऋचा शर्माको २५ हजार सहयोग

गौतमवुद्ध क्रिकेट रंगशालालाई ऋचा शर्माको २५ हजार सहयोग

नायिका ऋचा शर्माले चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २५ हजार रुपैयाँ सहयोग गरेकी छन्।

यो रंगशाला धुर्मुश-सन्तुली फाउन्डेसनले निर्माण गरिरहेको छ।

सीताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली आफ्नो आगामी फिल्म ‘सेन्टी भाइरस’ को प्रमोशनका लागि कमेडी च्याम्पियनमा पुगेका बेला ऋचाले सहयोग बापत उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्।

ऋचा कमेडी च्याम्पियनको जज हुन्। आफू र आफ्नो परिवारको तर्फबाट भन्दै ऋचाले रकमको चेक हस्तान्तरण गरेकी हुन्।

‘सेन्टी भाइरस’ फिल्मको आम्दानीको ५० प्रतिशत रंगशालामा खर्च गरिने यसअघि घोषणा गरिसकिएको छ। यो फिल्म फागुन ९ गते रिलिज हुँदैछ।

०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको थियो।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा बन विश्वविद्यालय परिसरको शान्तिचोकमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुबिधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ ।
 
 
 

salt training

कमेन्ट गर्नुहोस्