
अफगानिस्तानको राष्ट्रपतिमा मोहम्मद अशरफ घानी निर्वाचित भएका छन्। यो उनको दाेस्रो कार्यकाल हो।
त्यहाँको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा मंगलबार घोषणा गरेको हो।
आयोगका प्रमुख हवा आलम नुरिस्तानीले एक पत्रकार सम्मेलनमा बताए अनुसार घानीले राष्ट्रपति चुनावमा ५०.६४ प्रतिशत मत प्राप्त गरेका हुन्।
घानीको प्रतिद्वन्द्वी र उनको राष्ट्रिय एकता सरकारका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्ला ३९.५२ प्रतिशत मतसाथ घानीका निकटतम प्रतिद्वन्द्वी बनेका छन्।
२००१ को अन्तमा तालिबानी शासनको पतनपछि अफगानिस्तानको चौथो राष्ट्रपति चुनाव सेप्टेम्बर २८ मा कडा सुरक्षाबीच सम्पन्न भएको थियो भने एक दर्जन भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।