२४ जेठ २०८३, आइतबार

कांग्रेसले अवरोधको चेतावनी दिएपछि प्रतिनिधि सभा बैठक बस्न ढिलाइ

कांग्रेसले अवरोधको चेतावनी दिएपछि प्रतिनिधि सभा बैठक बस्न ढिलाइ

घूसका लागि डील गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि प्रतिनिधि सभाको बैठक शुरू हुन ढिलाइ भएको छ ।

बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा २ बजेसम्म पनि शुरू हुन सकेको छैन । 

सभामुखको कार्यकक्षमा छलफल चलिरहेको छ । बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले बिहीवार राष्ट्रिय सभा बैठक अवरुद्ध गरिसकेको छ ।

प्रतिनिधि सभा बैठकको कार्यसूचीमा सञ्चार र अर्थमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्