
मान्छेले सामान्यतया सपना देखिराख्छन् । निद्रामा रहेका बेला देखिने सपनालाई कतिपयले सामान्य रुपमा लिन्छन् भने कतिपयले अर्थ लगाउँछन् ।
ज्योतिष र सपनाशास्त्रका अनुसार निद्रामा देखिएको सपनाले केही न केही संकेत गरिरहेको हुन्छ । इतिहासको अध्ययन गर्दा सपना सम्बन्धी विभिन्न दृष्टान्त पढ्न र सुन्न पाइन्छ ।
भगवान् रामले बुवाको मृत्युबारे सपनाबाटै जानकारी पाएका थिए भने महाभारत कालमा गान्धारीले वंश विनाश सपनामै देखेकी थिइन् । सपना शास्त्रलाई मान्ने हो भने हरेक सपनाको केही न केही अर्थ हुन्छ ।
भारतीय सञ्चारमाध्यम नवभारत टाईम्समा प्रकाशित सामग्री अनुसार सपनामा गर्भवती महिला देख्नु शुभ संकेत हो । यस्तो सपनाले पारिवारिक सम्बन्ध अगाडि बढ्ने संकेत समेत दिने सपनाशास्त्रको दाबी छ ।
टाईम्सको रिपोर्ट अनुसार सपनामा पत्नी गर्भवती भएको देख्नु राम्रो संकेत हो भने यसबाट सम्बन्ध विस्तार र धनलाभको समेत सम्भावना हुनसक्छ ।
गर्भमा बच्चालाई क्षति पुग्नु, गर्भपतन हुनुलाई सपनाशास्त्रले अशुभ मानेको रिपोर्टमा उल्लेख छ ।