१० असार २०८३, बुधबार

दिल्लीमा धर्मको नाममा हिंसा गर्ने तत्त्व सक्रिय, एक पत्रकारको त्रासद अनुभव

फागुन १३, २०७६
दिल्लीमा धर्मको नाममा हिंसा गर्ने तत्त्व सक्रिय, एक पत्रकारको त्रासद अनुभव

भारतमा नागरिकता संशोधन विधेयकको विरोध चलिरहँदा मानिसहरूले अर्काको धर्म कुन हो भनी सोध्ने अनि धार्मिक आधारमा कुटपिट गर्ने घटना भएको खबर आएको छ । 

द टाइम्स अफ इन्डियाका फोटोजर्नलिस्टलाई सोमवार सबा १२ बजेतिर मौजपुर मेट्रो स्टेसनमा हिन्दू सेनाका एक सदस्यले निधारमा तिलक लगाइदिए । उनले फोटोजर्नलिस्टलाई भने, ‘तपाईं पनि हिन्दू नै हुनुहुन्छ । यो तिलक लगाउँदा तपाईंलाई के हानि ?

लगभग १५ मिनेटपछि दुई समूह एकअर्कालाई ढुंगा हान्न थाले । मोदी मोदी भन्दै नारा लगाइयो र आकाशमा धूवाँ उडेको देखियो । फोटोजर्नलिस्ट आगो लागेको भवनतिर जाँदा केही मानिसले उनलाई शिव मन्दिर नजिक रोके । उनले फोटोजर्नलिस्टलाई सोधे, ‘तपाईं पनि त हिन्दू हो । किन त्यता गइरहेको ? अहिले हिन्दू जागेको छ ।’

त्यो सुनेर फोटोजर्नलिस्ट रोकिए । केही समयपछि उनी ब्यारिकेडतिर गए । फोटो खिच्न थाल्दा केही मानिस हातमा लट्ठी र रड लिएर आए । उनीहरूले क्यामरा खोस्ने कोशिश गरे तर द टाइम्स अफ इन्डियाका रिपोर्टर साक्षी चन्द आइपुगे र चिच्याउन थाले । अनि उनीहरूले छोडिदिए । 

केही समयपछि उनलाई मानिसहरूले पछ्याएको जस्तो लाग्यो । एक युवकले उनलाई भने, ‘तिमी किन चुमचुम गर्दैछौ ? हिन्दू हौ कि मुसलमान ?’ धर्म पत्ता लगाउन प्यान्ट खोलेर लिंग हेर्ने समेत उनले धम्की दिए । फोटोजर्नलिस्टले हात जोडेर आफू फोटोग्राफर मात्र भएको बताएपछि उनीहरूले छोडिदिए । 

जाफराबादमा नागरिकता संशोधन कानूनको विरोध गरिरहेका एक व्यक्तिले प्रहरीलाई बन्दूक ताके । उनले गोली पनि चलाए तर कसैलाई पनि लागेन । जाफराबादमा आइतवारबाट शाहीन बाग जस्तो विरोध प्रदर्शन शुरू भएपछि त्यसले हिंस्रक रूप लिइसकेको छ । 

त्यस त्रासद स्थितिमा इलाकाबाट जान खोज्दा एक अटोरिक्शा देखियो । ड्राइभरले अफिससम्म लग्छु भन्यो । फोटोजर्नलिस्टलाई अटोरिक्शा चालकको नामले अप्ठ्यारो पार्न सक्छ भन्ने लाग्यो । अनि केही समयपछि चारजनालाई गाडी घेरिहाले । उनीहरूले चालक र फोटोजर्नलिस्ट दुवैलाई तानेर बाहिर निकाल्न खोजे । फोटोजर्नलिस्टले आफू पत्रकार भएको र चालक निर्दोष रहेको बताएपछि उनीहरूलाई छोडियो । 

फोटोजर्नलिस्ट अफिस पुग्दा अटो ड्राइभर एकदमै डराएका थिए । उनले अटोरिक्शा चालकलाई भने, ‘जीवनमा मलाई कसैले पनि यति नराम्रोसँग धर्मका बारेमा सोधेको थिएन ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्