३० असार २०८३, मंगलबार

दिल्ली हिंसामा १० जनाको मृत्यु: १५० घाइते, यी क्षेत्रमा कर्फ्यू

फागुन १३, २०७६
दिल्ली हिंसामा १० जनाको मृत्यु: १५० घाइते, यी क्षेत्रमा कर्फ्यू

भारतको राजधानी नयाँदिल्लीमा भएको झडपमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाबीच भएको झडपका क्रममा १ सय ५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घाइतेमध्ये ५६ जना प्रहरी रहेका छन्।

टाइम्सअफ इण्डियाका अनुसार मंगलबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन्।

दिल्लीको ब्रह्मपुरी र मौजपुर क्षेत्रमा तेस्रो दिन पनि ढुंगामुढा भएको हो। प्रदर्शनले उग्ररुप लिएपछि पाँच मेट्रो स्टेशन, जाफराबाद, मौजपुर-बाबरपुर, गोकुलपुरी, जौहरी एन्क्लेव र शिव विहार बन्द गरिएको छ। 

दिल्लीको मौजपुर, जाफराबाद, चांदबाग र करावल नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि  सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणमा रहेका बेला विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भइरहेको हो। 

ढुङ्गामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्