३० असार २०८३, मंगलबार

हेटौँडा–धुलिखेल विद्युतीय बस सञ्चालन गरिने

फागुन १४, २०७६
हेटौँडा–धुलिखेल विद्युतीय बस सञ्चालन गरिने
फाइल तस्वीर

बागमती प्रदेश सरकारले हेटौँडा–धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारले स्वायत्त निकाय स्थापना गरेर राजधानी हेटौँडाबाट काभ्रेको धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको हो ।

०७७ भित्र विद्युतीय बस सञ्चालन गर्ने उद्देश्यसहित सरकारले प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजकत्वमा सहजीकरण समिति बनाएको छ । फागुन दोस्रो साताभित्र विद्युतीय बस खरिदका लागि ग्लोबल टेन्डर गर्ने तयारी भइरहेको संयोजक निरौलाले बताए ।

‘मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि बस खरिद गर्न ग्लोबल टेन्डर हुनेछ,’ संयोजक निरौलाले भने, ‘बिजुली बस हेटौँडा–नारायणगढ–काठमाडौं हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने योजना बनाउँछौँ ।’ समितिले फागुन पहिलो सातासम्म भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विद्युतीय बस सञ्चालनसम्बन्धी प्रतिवेदन बुझाउने तयारी गरेको निरौलाले जानकारी दिए । प्रतिवेदनमा बिजुली बस सञ्चालन प्रक्रिया, बस सञ्चालन हुने रुट, चार्जिङ स्टेसनलगायत विषय समेटिने उनले जानकारी दिए । 

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेश यातायात निगम स्थापनाको तयारी अघि बढाइएको बताए । ‘मन्त्रिपरिषद्ले दुई महिनाअघि प्रदेश यातायात निगम गठन सम्बन्धमा संघीय सरकारलाई अनुरोध गरिसकेको छ,’ उनले भने, ‘संघीय सरकारले यातायात निगम गठन गर्ने अनुमति दिएपछि प्रदेश यातायात निगम विधेयक प्रदेश सभामा पेस हुनेछ ।’  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्