०४ साउन २०८३, सोमबार

बाबुरामको प्रस्ताव : प्रधानमन्त्री र प्रधानन्यायाधीशको सम्पत्ति छानबिन गर्न सक्ने व्यवस्था गरौं

फागुन १४, २०७६
बाबुरामको प्रस्ताव : प्रधानमन्त्री र प्रधानन्यायाधीशको सम्पत्ति छानबिन गर्न सक्ने व्यवस्था गरौं

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई समेत छानबिन गर्न सक्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समयर लिएर बोल्दै भट्टराईले अहिले चलिरहेको संविधान संशोधनको बहसमा समर्थन जनाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद् र जनलोकपालको व्यवस्था गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरेका हुन् ।

‘भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रधानमन्त्री र प्रन्यालाई समेत जनलोकपाल अम्बडजमन व्यवस्था गरौं । सबैको सम्पत्ति छानविन गरौं,’ उनले भने ।

संवैधानिक राष्ट्रपतिको अधिकार थप्ने कुरा नेकपाका सांसदहरूले नै सोच्ने विषय भएको उनले टिप्पणी गरे ।

चप्पल लगाएर काठमाडौं आएका नेताहरू कसरी सुटेडबुटेड र महलमा बस्ने भए भन्नेबारे छानबिन गर्नुपर्ने उनले बताए ।

‘अस्ति तेह्रथुममा रहेको प्रधानमन्त्रीको बुकुरो देखियो, गोरखामा मेरो पनि त्यस्तै छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल जोड्न कसरी पुग्यौं,’ उनले भने, ‘लाख प्रयत्न गर्दा हाम्रो दृष्य कमाइले बुकुरो घरबाट महल बनाउने हैसियता पुग्दैन, छानबिन गरौं ।’

salt training

कमेन्ट गर्नुहोस्