२३ जेठ २०८३, शनिबार

सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा प्रवेश

फागुन १७, २०७६
सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा प्रवेश

सुदूरपश्चिम खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्वब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शनिबार धनगढी रंगशालमा भएको सेमिफाइनलमा विभागीय एपिएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो। सुदूरपश्चिमको जीतमा विक्रमसिंह ठकुरीले २ गोल गरे भने एपिएफका आशिष लामाले १ गोल फर्काए।

खेलको ‘म्यान अफ दि म्याच‘ सुदूरपश्चिम-११ का विक्रम घोषित भई पुरस्कृत भए। उपाधिका लागि आयोजक सुदूरपश्चिम-११ले थ्री स्टार र हिमालयन शेर्पा क्लब बीचको विजेतासँग आउने मंगलबार  खेल्ने छ। आइतबार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने छ।

प्रतियोगिताको विजेतालाई २१ लाख एक तथा उपविजेतालाई १० लाख एकसहित  ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

salt training

कमेन्ट गर्नुहोस्