
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएकाे अभियाेगमा इन्जिनियरसहित २ जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध कारबाही अगाडि बढाइएकाे हाे।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल भरपाई गरी भुक्तानी गर्ने प्रयोजनका लागि घुस माग गरेको अभियोग उनीहरुलाई लागेको छ।
उनीहरुले पटकपटक गरी ३७ लाख ५० हजार बराबरको घुस लिएको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो। सिडिई बस्नेतले आफन्त पर्ने कार्कीको श्री डिस्टिलरी प्रालिको बैंक खातामा रकम जम्मा गर्ने गरेको पाइएको छ।