२९ असार २०८३, सोमबार

अमेरिकामा भयंकर आँधी आएपछि २४ जनाको मृत्यु

फागुन २१, २०७६
अमेरिकामा भयंकर आँधी आएपछि २४ जनाको मृत्यु

अमेरिकाको टेनेसीमा आएका भयंकर आँधीका कारण २४ जनाको मृत्यु भएको छ भने सयौं भवनहरू भत्किएका छन् । 

आरम्भिक आकलनमा ईएफ–३ नामक आँधीले ईस्ट न्याशभिलमा क्षति पुर्‍याएको देखाएको नेसनल वेदर सर्भिसले जनाएको छ । 

पीडितहरूमध्ये एक जोडीको ककटेल बारको भवन भत्किएपछि मृत्यु भएको थियो । 

शक्तिशाली आँधीले उक्त क्षेत्रमा उत्पात मच्चाएको धेरै घन्टापछि स्थानीय अधिकारीहरूले बाँचेकाहरूको खोजी गरिरहेका छन् । स्वयंसेवीहरूले भत्केका अनेकौं घर, रेस्टुराँ र चर्चहरूको सरसफाइ गरिरहेका छन् । 

‘हामीहरूले एकएक गरी खोजबिन गरेर कोही पनि नछुटून् भनी सुनिश्चित गर्नुपर्छ,’ मेयर जोन कूपरले भने । आँधीका कारण ४८ वटा भवन भत्किएको र १५० जनालाई अस्पताल लगिएको पनि उनले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्