३० असार २०८३, मंगलबार

डेमोक्रेटिक पार्टीको सुपर ट्युस्डे चुनावमा जो बाइडन धेरै ठाउँमा विजयी

फागुन २१, २०७६
डेमोक्रेटिक पार्टीको सुपर ट्युस्डे चुनावमा जो बाइडन धेरै ठाउँमा विजयी

अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार छान्नका लागि मंगलवार भएको चुनावमा धेरैजसो राज्यमा जो बाइडन विजयी भएका छन् ।

सुपर ट्युस्डे चुनावमा १४ राज्यले मतदान गर्छन् । ती १४ मध्ये नौ राज्यमा बाइडन विजयी भएका छन् भने चारवटा बर्नी स्यान्डर्सले जितेका छन् । एउटामा चाहिँ माइकल ब्लूमबर्ग विजयी भएका छन् । 

बाइडनले अनपेक्षित रूपमा टेक्सस राज्य जितेका छन् । 

सुपर ट्युस्डेपछि डेमोक्रेटिक पार्टीमा अब वस्तुगत रूपमा दुई उम्मेदवार बाइडन र स्यान्डर्स मात्र प्रतिस्पर्धामा छन् । अनि बाइडन स्यान्डर्सभन्दा अगाडि बढेका छन् । 

बाइडनले एकपछि अर्को राज्यमा ठूलो मतपरिणामका साथ विजय प्राप्त गरेपछि स्यान्डर्सले चाहिँ क्यालिफोर्निया जितेका छन् । क्यालिफोर्नियाको विजय निकै ठूलो उपलब्धि हो । 

तर बाइडनले पछिल्लोपटक हासिल गरेको विजयले मध्यमार्गीहरूको मृतप्रायः अभियानलाई जीवन्त तुल्याएको छ । उनलाई अन्य प्रतिस्पर्धीहरू पिट बुट्टिजज र एमी क्लोबुचारले पनि समर्थन गर्ने भएका छन् ।

माइक ब्लूमबर्गका लागि भने सुपर ट्युस्डेपछि निर्वाचन अभियान लगभग टुंगिएको छ । उनले विगत तीन महिनामा एक अर्ब डलर खर्च गरेका थिए तर जम्मा एउटा राज्य अमेरिकन सामोआ मात्र जित्न सके । 

उनका सहयोगीहरूले उनी निर्वाचन अभियानबाट पछि हट्ने कि नहट्ने विषयमा सरसल्लाह गरिरहेको बताएका छन् । 

बाइडनले भर्जिनिया, नर्थ क्यारोलाइना, आलाबामा, ओक्लाहोमा, टेनेसी, मिनेसोटा, आर्कान्सस, मासाचुसेट्सर टेक्सस जितेका छन् । स्यान्डर्सले क्यालिफोर्निया, कोलोराडो, युटाह र भर्मोन्टमा विजय हासिल गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्