
पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजू बलात्कार आरोपमा पक्राउ परेका छन्।
कार्यकक्षमा सेवाग्राहीलाई बलात्कार गरेको अभियोग लागेका उनलाई महानगरीय प्रहरी परिसर, जावलाखेलले भक्तपुरबाट पक्राउ गरेको हो।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले खिउरीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए।
उनीमाथि महांकालकी एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। प्रहरी रिपोर्ट बनाउन ०७५ माघ ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला आफूमाथि खिउरीले बलात्कार गरेको आरोप उनले लगाएकी थिइन्।