२१ जेठ २०८३, बिहीबार

'कोरोनाबाट बच्न सबैले मास्क लगाउनुपर्छ भन्ने छैन' (भिडियो)

फागुन २२, २०७६
'कोरोनाबाट बच्न सबैले मास्क लगाउनुपर्छ भन्ने छैन' (भिडियो)

संसारभरि कोभिड–१९ भनिने कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ र मानिसहरू डराइरहेका छन् ।

संक्रमण फैलिरहेको खबरसँगै मास्क र स्यानिटाइजर बजारमा देखिन छोडेको छ । फ्रान्समा त दुई हजार मास्क चोरी समेत भएका छन् । नेपालमा पनि यसको माग बढ्दो छ । 

मास्क किन्ने कि नकिन्ने ? मास्क आवश्यक छ कि छैन ? आवश्यक छ भने कसका लागि छ र कुन मास्क चाहिन्छ ? 

तपाईं स्वस्थ हुनुहुन्छ भने मास्क आवश्यक पर्दैन । तर तपाईंले कोरोनाभाइरसबाट ग्रस्त व्यक्तिको स्याहार गरिरहनुभएको छ भने अवश्य मास्क लगाउनुपर्छ । ज्वरो, खोकी र सास फेर्न गाह्रो हुने व्यक्तिले मास्क लगाउनुपर्छ र तत्कालै चिकित्सककहाँ जानुपर्छ । 

मास्कका विषयमा हंगामा मच्चिँदा विश्व स्वास्थ्य संगठनले मास्क लगाउने तरिका सिकाएको छ । संगठनका अनुसार, मास्कलाई अगाडिबाट हातले छुनुहुँदैन । हातले छोएमा तत्कालै हात धुनुपर्छ । मास्कले नाक, मुख र दाह्री छोप्नुपर्छ । मास्क निकाल्दा पनि फित्ता समातेर निकाल्नुपर्छ, मास्क छुनुहुँदैन । 

तपाईंलाई संक्रमण छैन भने मास्क लगाउनुपर्दैन । आयोवा विश्वविद्यालयको कलेज अफ मेडिसिनमा प्राध्यापन गरिरहेका एली प्रेन्सेविकले मास्क लगाउनुभन्दा नलगाउनु ठीक हुने बताए । स्वस्थ व्यक्तिले एन९५ मास्क लगाउनुपर्दैन, उनले भने । 

स्वस्थ व्यक्तिले मास्क लगाएर बच्ने कुनै प्रमाण अहिलेसम्म फेला नपरेको उनको भनाइ छ । गलत तरिकाले मास्क लगाउँदा खतरा झन् बढ्ने उनले बताए । तपाईं आफैं बिरामी हुनुहुन्छ भने चाहिँ मास्क लगाउनुपर्छ अनि बिरामीको हेरचाह गरिरहनुभएको छ भने पनि लगाउनुपर्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्