२८ जेठ २०८३, बिहीबार

आईपीएलको इतिहासमा यस्तो गर्ने रोहित एक्ला खेलाडी

फागुन २३, २०७६
आईपीएलको इतिहासमा यस्तो गर्ने रोहित एक्ला खेलाडी

भारतीय क्रिकेटर रोहित शर्मालाई आईपीएलमा सफल कप्तानको रूपमा लिइन्छ । उनले आफ्नो कप्तानीमा मुम्बई इन्डियन्सलाई चार पटक आईपीएलको उपाधि दिलाइसकेका छन् ।

उनले खेलाडीको रूपमा मात्रै पनि उक्त टीममा सहभागी भएर उपाधि जितेका छन् ।

आईपीएल इतिहासमा रोहित एकमात्र यस्ता खेलाडी हुन् जसले कप्तान र खेलाडी दुवै रूपमा आईपीएलको टाइटल जितेका छन् ।

डेक्कन चार्जर्सले जितेको थियो २००९ मा आईपीएलको उपाधि,रोहित थिए टीमका सदस्य

रोहित शर्माले आईपीएल

रोहित शर्मा ने आइपीएलमा डेब्यू डेक्कन चार्जर्सबाट गरेका थिए । उनले पहिलो तीन सीजन सन् २००८, २००९ र २०१० यसै टीमबाट खेले । यस क्रममा रोहितले ४७ म्याच खेले । त्यसक्रममा उनले ३०.४७ को औसतमा १ हजार २ सय १९ रन बनाए । उनको त्यतिबेला बेस्ट स्कोर नटआउट ७६ रन थियो ।

रोहितको टीम अर्थात् डेक्कन चार्जर्सले आईपीएलको दोस्रो सीजनमा उपाधि जितेको थियो । जसमा टीमका कप्तान एडम गिलक्रिस्ट थिए, रोहित टीमका सदस्य थिए । फाइनलमा डेक्कन चार्जर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले हराएर उपाधि जितेको थियो । उक्त म्याचमा रोहितले २३ बलमा २४ रन बनाएका थिए ।

मुम्बईलाई चार पटक दिलाए उपाधि

रोहित शर्माले आईपीएलमा मुम्बई इन्डियन्सलाई कप्तानको रूपमा चार पटक उपाधि दिलाइसकेका छन् । रोहित शर्माले सन् २०१३ मा आफ्नो कप्तानीमा मुम्बईलाई विजेता बनाएका थिए । त्यसपछि उनकै कप्तानीमा सन् २०१५, २०१७ र २०१९ मा टीमलाई उपाधि दिलाए ।

-जागरणबाट

salt training

कमेन्ट गर्नुहोस्