अमेरिकाको भर्मोन्ट राज्यमा रहेको एक शहरमा बुधवार कुकुरलाई मेयर बनाइएको छ ।
मर्फी नामक उक्त कुकुरले चुनाव जितेको डब्ल्यूसीएएक्स–टीभीले खबर दियो । उक्त कुकुरले बहालवाला मेयर बाख्री मारा लिंकन र प्रहरीको कुकुर के–९ स्याम्मीलाई हराएको हो । बुधवार बिहान आठ कक्षामा पढ्ने आठजना
विद्यार्थीले ३५० वटा मतपत्र गनेका थिए ।
कुकुर मेयरले नयाँ खेलमैदान बनाउनका लागि पैसा उठाउने र बालबालिकालाई राजनीतिमा आउन प्रेरित गर्ने लक्ष्य लिएको छ ।