२१ जेठ २०८३, बिहीबार

टिप्परको ठक्करबाट पत्नीको मृत्यु, पति गम्भीर घाइते

फागुन २३, २०७६
टिप्परको ठक्करबाट पत्नीको मृत्यु, पति गम्भीर घाइते

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन–७ लामिडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रवार १ जनाको ज्यान गएको छ ।

दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तानसेनबाट बुटवल आउँदै गरेको लु७प ४३४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आउँदै गरेको लु२ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइलमा सवार तानसेन नगरपालिका–७ की ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको छ ।

उनका पति हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्