माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
फागुन २३, २०७६
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्वव्यापी रूपमा महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले उच्च सतर्कता अपनाइरहेको बताएका छन् ।
कोरोना भाइरसका सम्बन्धमा कांग्रेस सांसद गगन थापाले प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री ढकालले सरकारले ३ चरणको रणनीति तय गरी काम गरिरहेको बताएका हुन् ।
पहिला त कोरोना भाइरसलाई प्रवेश गर्नबाट नै रोक्ने, दोस्रोमा प्रवेश गरिहालेमा यसलाई फैलिन नदिने र उपचार गर्ने तथा तेस्रोमा जटिल अवस्था आएमा त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने हिसाबले रणनीति तय गरी सरकारले काम गरिरहेको उनको दाबी छ ।
कोरोना भित्रिन नदिनका लागि प्रभावित देशहरूबाट नेपाल भित्रिने सबैलाई चेकजाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था गरिएको मन्त्री ढकालले बताए ।
कोरोना भाइसरविरुद्ध लड्नका लागि सरकारले सबैसँग हातोमाले गर्ने उनको भनाइ छ । 'आग्रह–पूर्वाग्रहमा नअल्मलिई सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार छ,' मन्त्री ढकालले भने ।
जुनसुकै बेलापनि कोरोनाको संक्रमण देखिनसक्ने खतरालाई मध्यनजर गर्दै सरकारले ७ वटा अस्पताललाई हब अस्पतालको रूपमा तयारी अवस्थामा राखेको र १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएको जानकारी पनि उनले दिए ।
देशभरका अन्य अस्पतालमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।
एक्कासि कोरोनाको संक्रमण फैलिएको खण्डमा होटल र सार्वजनिक स्थानहरूलाई समेत क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिने मन्त्री ढकालले बताए ।
'इरानको जस्तो थाहा नपाई भित्रियो भने स्वास्थ्य इमर्जेन्सी घोषणा गरेर पायकमा रहेका होटल र सार्वजनिक स्थानलाई पनि त्यो ढंगले विस्तार गर्नुपर्ने अवस्था आउनुपर्छ भन्ने कुरामा मेरो ध्यान गएको छ,' मन्त्री ढकालले भने ।
भारतले केही औषधिहरूको निर्यातमा रोक लगाएको सम्बन्धमा मन्त्री ढकालले त्यसलाई खुलाउनका लागि कूटनीतिक पहल भएको र भारतका तर्फबाट ती औषधि नरोक्ने आश्वासन प्राप्त भएको जानकारी पनि दिए ।
कोरोनाका सम्बन्धमा अहिले २ किसिमका अति देखिएको भन्दै मन्त्री ढकालले त्यसबाट समाजलाई बचाउनुपर्ने बताए ।
'एउटा यो केही पनि होइन भनेर उपेक्षा गर्ने र अर्को सबै सन्त्रास नै यही भइसक्यो भन्ने दुईवटै अतिबाट समाजलाई बचाउनुपर्छ,' मन्त्री ढकालले भने ।
मन्त्री ढकालले एक डाक्टरको भनाइ उद्धृत गर्दै कोरोना भाइरसलाई नपड्किएको एम्बुसको संज्ञा दिए ।
'कोरोना भाइसर कस्तो भन्दा एक डाक्टरले भन्नुहुन्थ्यो– नपड्किएको एम्बुसजस्तो ! ' मन्त्री ढकालले भने, 'तपाईं हाम्रो परिवारमै छ कि, छिमेकमा छ कि, कहाँ आइपुग्यो भन्ने कुनै अनुमान नभएको, पड्किँदा बल्ल थाहा हुने ।'
कोरोनाको यसकिसिमको संवेदनशीलयतालाई मध्यनजर गर्दै त्यही हिसाबले सावधानी अपनाइएको उनको भनाइ छ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...