०२ साउन २०८३, शनिबार

नेपालमा आर्थिक क्रान्तिको आवश्यकता छ : पूर्व प्रधानमन्त्री डा. भट्टराई

फागुन २४, २०७६
नेपालमा आर्थिक क्रान्तिको आवश्यकता छ : पूर्व प्रधानमन्त्री डा. भट्टराई
फाइल फोटो

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम घोषणा सभाका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजीको पहुँच साना र मध्यम व्यवसायीसम्म लगेमात्र देशको विकास हुने बताए ।

‘पुँजीवादको विकास नगरी समाजवाद आउँदैन, उत्पादनशील क्षेत्रमा लगानी गरेर समाजको विकास गर्नु जरुरी छ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने ।

वर्तमान सरकार कछुवाको गतिमा अगाडि बढेको र  आर्थिक क्षेत्रको विकासमा २ वर्ष खेर फालेको उनले आरोप लगाए ।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्वको सम्भावनायुक्त देश भएकाले प्राकृतिक सम्पदाको सही सदुपयोग गरी देश विकास गर्नुपर्ने बताए । भ्रष्टचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणमा समाजवादी पार्टी लागेको उनको भनाइ थियो ।
पार्टी बौद्धिक पेशागत संघका इन्चार्ज नगेन्द्र प्रधान, नेवाः परिषद्का इन्चार्ज पञ्चलाल महर्जनले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको उल्लेख गरे ।

महासंघका अध्यक्ष कमला गुरुङले युवालाई स्वदेशमा रोजगारी प्रदान गर्ने माध्यम सरकारले निर्माण गर्नुपर्ने बताए । महासंघका उपाध्यक्ष अन्जनकुमार शाक्यले व्यवसायीको हकहितका लागि विभिन्न ९ विषयगत समिति गठन गरिएको जानकारी दिए । पार्टी केन्द्रीय सदस्य आङदेन्जी शेर्पाले विभिन्न विषयगत समितिका अध्यक्ष तथा सदस्यलाई शपथ गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्