०२ असार २०८३, मंगलबार

चट्याङले टेलिकम सेवा अवरुद्ध

फागुन २४, २०७६
चट्याङले टेलिकम सेवा अवरुद्ध
प्रतिकात्मक तस्वीर

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्‍याउँदा सेवा अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले शनिवार बिहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पुर्‍याएको  जानकारी दिए ।

कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उनले बताए ।

चट्याङका कारण टावर नजिकै रहेका ५ घरका विद्युत्को मिटरबक्समा क्षति पुगेको जनाइएको छ ।

नेपाल टेलिकमका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पूरै क्षति भएको, मर्मत गर्न प्राविधिक टोली आइतवार आउने र छिटोभन्दा चाँडो सेवा सञ्चालनमा ल्याउने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्