३१ असार २०८३, बुधबार

दिल्ली हिंसा : २ हजारभन्दा बढी पक्राउ

फागुन २५, २०७६
दिल्ली हिंसा : २ हजारभन्दा बढी पक्राउ

उत्तरपूर्वी दिल्लीमा फागुन १२ र १३ गते भड्किएको हिंसामा २१ सय ९३ जनालाई पक्राउ गरिएको छ । 

अहिलेसम्म ६९० वटा उजुरी दर्ता गरिएको छ । शनिवार अबेर राति दिल्ली प्रहरीले यसको जानकारी दिएको हो । 

हिंसाका बेलामा हतियार प्रयोग गरेको आरोपमा ५० जना पक्राउ परिसकेका छन् । 

दिल्लीको एक अदालतले शाहीन बाग नजिक हावामा तीन गोली चलाउने कपिल गुर्जरलाई जमानत दिएको छ । 

दल्लूपुरामा बस्ने कपिलले माघ १८ गते नागरिकता संशोधन कानूनको विरोध गर्ने प्रदर्शनकारीहरूलाई तितरबितर गर्नका लागि चेतावनीस्वरूप हावामा तीन गोली चलाएका थिए । त्यसक्रममा उनले साम्प्रदायिक नारा पनि लगाएका थिए । न्यायाधीश गुलशन कुमारले उनलाई २५ हजार भारु जमानतमा रिहा गर्ने आदेश दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्