३० असार २०८३, मंगलबार

आफैँले डण्ठिनी भनेका प्रहरीसँग कुम जोडेर आस्थाले लेखिन्– बदलाको कुराभन्दा क्षमा ठूलो !

फागुन २५, २०७६
आफैँले डण्ठिनी भनेका प्रहरीसँग कुम जोडेर आस्थाले लेखिन्– बदलाको कुराभन्दा क्षमा ठूलो !

त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीलाई अशपब्द बोलेर विवादमा परेकी गायिका आस्था राउतले प्रहरीको प्रशंसा गर्दै फोटो पोस्ट गरेकी छन् । 

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ८ मार्चको अवसरमा आइतवार सामाजिक सञ्जाल फेसबूकमा महिला प्रहरीसँगको तस्वीर पोष्ट गर्दै उनले बदलाभन्दा क्षमा गर्नु ठूलो भन्ने सन्देश लेखेकी रहिछन् । 

‘के छ यहाँ घटीबढी जोख्न छैन तुलो, बदलाको कुराभन्दा क्षमा गर्नु ठूलो,’ उनले लेखेकी छन् । 

उक्त फोटो नेपालगञ्ज विमानस्थलमा खिचिएको जानकारी आस्थाले लोकान्तरलाई दिइन् ।

‘यो फोटो नेपालगञ्ज विमास्थलमा खिचेको थिए, त्यहाँ महिला प्रहरीले राम्रो व्यवहार गरेपछि एक हप्ता पहिला खिचिएको फोटो हो,’ उनले भनिन् । 

माघ ३ गते काठमाडौंबाट झापा जानेक्रममा उनले विमानस्थलमा खटिएकी महिला प्रहरीलाई अपशब्द बोलेको चर्को आलोचना झेलेकी थिइन् ।

पछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भएर माफी मागेपछि उक्त प्रकरण साम्य भएको थियो ।

सकारात्मक सन्देश जाओस् भन्ने हिसाबले आफूले उक्त तस्वीर फेसबूकमा राखेको भन्दै आस्थाले थपिन्, ‘पिक्चर स्पिक्स लाउडर देन वर्डस् ।’

salt training

कमेन्ट गर्नुहोस्