०३ असार २०८३, बुधबार

विचलित नहुन कार्यकर्तालाई प्रचण्डको आग्रह

फागुन २६, २०७६
विचलित नहुन कार्यकर्तालाई प्रचण्डको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताहरूबीच देखिएको सामान्य मतान्तरलाई लिएर तल्ले तहका कार्यकर्ता विचलित हुन नहुने बताएका छन्  ।

नेकपा चितवनको सचिवालय बैठकलाई आइतवार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले केही दिनअघि पार्टीको सचिवालय बैठकपछि भएको समान्य मतान्तरलाई लिएर कार्यकर्ता विचलित मनस्थिती बनाएकाे भए त्याग्न अनुरोध गरे ।

उनले भने,‘माथिका शीर्ष नेताहरूबीच केही विषयमा मतमतान्तर भइरहन्छ,आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्