२७ जेठ २०८३, बुधबार

पोथीको खोजमा २ हजार किलोमिटर टाढा पुग्यो यो बाघ

फागुन २६, २०७६
पोथीको खोजमा २ हजार किलोमिटर टाढा पुग्यो यो बाघ

मौसम परिवर्तन हुँदा, वासस्थानको खोजीमा अनि पोथी वा भालेको खोजीमा जनावरहरू टाढाटाढाको यात्रामा जाने कुरा सबैले सुन्दै आएको हो । 

त्यसै सिलसिलामा भारतमा एक बाघले बघिनीको खोजीमा दुई हजार किलोमिटर हिँडेको पाइएको छ । भारतका एक वन अधिकृत परवीन कासवानले केही दिनअघि ट्विटरमा यसको बारेमा जानकारी दिए । 

उनले बाघको तस्वीर र उसले हिँडेको बाटोको नक्सा समेत प्रस्तुत गरेका छन् । उनले लेखे, अहिले ऊ दीनानगंगा जंगलमा बसेको छ । उसले नहर, खेत, जंगल, सडक हुँदै गरेको यात्रामा कुनै पनि द्वन्द्व गरेन । पोथीको खोजीमा ऊ दिउँसभरि आराम गरथ्यो र रातभरि हिँड्थ्यो । उसलाई निरन्तर निगरानीमा राखिएको थियो ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्