२२ असार २०८३, सोमबार

सरकारले भन्यो– कोरोनाको आशंकामा क्वारेन्टाइनमा राख्न सकिन्न, घरमै 'सेल्फ क्वारेन्टाइन'मा बस्नुस्

फागुन २७, २०७६
सरकारले भन्यो– कोरोनाको आशंकामा क्वारेन्टाइनमा राख्न सकिन्न, घरमै 'सेल्फ क्वारेन्टाइन'मा बस्नुस्

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको आशंका लागेमा सरकारले क्वारेन्टाइनमा नराख्ने र नागरिकहरू आफैं 'सेल्फ क्वारेन्टाइन'मा बस्नुपर्ने बताएका छन् ।

मन्त्रालयमा मंगलवार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले क्वारेन्टाइन भन्नेबित्तिकै सबै कुरा सरकारले व्यवस्था गर्छ भन्ने नबुझ्न आग्रह गरे ।

'क्यारेन्टाइन भन्नेबित्तिकै मान्छेहरूले हिजो चीनबाट विद्यार्थी ल्याएजस्तै सरकारले ल्याइदिने, सबै सरकारकै व्यवस्थापनमा बस्ने भन्ने कुरा नगरौं अब सेल्फ क्वारेन्टाइनमा मान्छेहरू बस्नुपर्छ,' मन्त्री ढकालले भने, 'डब्लूएचओको एउटा मापदण्ड छ, त्यो मापदण्डभित्र बस्नुपर्‍यो ।'

परिवारका सदस्यहरूसँग कस्तो व्यवहार गर्ने र कसरी बस्ने भन्ने कुराको एउटा प्रोटोकल तयार पारेको बताउँदै मन्त्री ढकालले त्यसैअनुसार बस्न आग्रह गरे ।

परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो भने त्यसको जिम्माचाहिँ राज्यले लिने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्