१९ असार २०८३, शुक्रबार

गृहमन्त्रीका भाइ नरेशले गरे जेलमा आत्मसमर्पण

फागुन २७, २०७६
गृहमन्त्रीका भाइ नरेशले गरे जेलमा आत्मसमर्पण

अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपनि फरार रहेका  गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन्।  

उच्च अदालत, पाटनले गत माघमा उनलाईृ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि फरार रहेका थापाले सोमबार कारागारमा आत्मसमर्पण गरेका हुन्।  

उनी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याकाण्डमा मुछिएका थिए।

हत्याका मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाट भएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो। 

अनुसन्धानबाट खुलेको थियो कि, नरेश नगरकोटी र पवन खड्कासँग समेत नरेशको भेटघाट र सम्पर्क देखिएको थियो।

त्यसपछि प्रहरीले नरेशविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपनि जिल्ला अदालत, काठमाडौंले १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर उच्च अदालत, पाटनले जिल्ला अदालतको आदेश उल्ट्याइदिएको थियो।, 
 
 
 

salt training

कमेन्ट गर्नुहोस्