
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखाको बारपाकमा भएको जीप दुर्घटनाका घाइतेलाई भेटेका छन्।
मंगलबार बारपाक-सुलिकोट गाउँपालिका ४ सौरपानीमा बा १५ च १०१६ नम्बरको जीप दुर्घटना भएको थियो।
दुर्घटनामा घाइतेमध्ये पाँच जनालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँमो ग्रीन सिटी अस्पतालमा ल्याइएकोमा पूर्वप्रम भट्टराई अस्पताल पुगेका हुन्। भट्टराईकाे गृहजिल्ला पनि गोरखा हो।
ग्रीन सिटीमा रनचोकका बिमला गुरुङ, रमा गुरुङ, विनोद गुरुङ, श्रीमान गुरुङ र बुद्धबहादुर गुरुङको उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्यलाभ भइरहेको भट्टराईले फेसबुकमा उल्लेख गरेका छन्।
दुर्घटनामा १२ जना घाइते भएकामा अन्यको अन्यत्र उपचार भइरहेको छ।