०८ असार २०८३, सोमबार

कटुवा पेस्तोलसहित युवक पक्राउ

फागुन २७, २०७६
कटुवा पेस्तोलसहित युवक पक्राउ

सिरहा प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीचौकी लकडिगोठको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँका युवक  प्रदीपकुमार साहलाई मंगलबार साँझ पक्राउ गरेको हो । 

बाटोमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएपछि साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। 

salt training

कमेन्ट गर्नुहोस्