१३ असार २०८३, शनिबार

कोरोना नियन्त्रण गर्न नेपाललाई सघाउने भयो चीनले

फागुन २८, २०७६
कोरोना नियन्त्रण गर्न नेपाललाई सघाउने भयो चीनले

नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागी चीनले पूरा सहयोग गर्ने जनाएको छ । 

मंगलवार कोरोनाको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताइन्।

त्यस्तै उनले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गरिन् । गोरखापत्र दैनिकमा खबर छ ।
 

कमेन्ट गर्नुहोस्