२० असार २०८३, शनिबार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरूको यस्तो अनुभव...

फागुन २८, २०७६
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरूको यस्तो अनुभव...

मंगलवार पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकलगायत स्वास्थ्यकर्मीले आफ्नो अनुभव सुनाएका थिए ।

प्रा.डा.उत्तम कुमार शर्मा

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमा गर्ने सुनेपछि असाध्यै हर्षित भएँ । यो त चानचुने कुरो होइन । चुनौती र अर्कोतिर अवसर पनि हो भन्ने लाग्यो । बहालवाला प्रधानमन्त्रीले यत्रो शल्यक्रिया मुलुकमै सरकारी अस्पतालबाट गराउने तयारी गर्नुभएको छ । यसले हामीमा दवाव पनि अनुभूति गरायो । नेताले मुलुकभित्रै उपचार गर्दा हाम्रो पनि मनोवल उठ्छ । डाक्टरको मनोबल उठेको छ । केही उत्साह भयो कि भन्ने लागेको छ ।

प्रा.डा.सुभास प्रसाद आचार्य

एक महिना जति अघि प्रा.डा.दिब्या सिंह शाहले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सम्भावना बारे सुचना दिनुभएको थियो । तीन दिन अघि जब प्रधानमन्त्रीको प्रत्यारोपण शिक्षण अस्पतालमा गर्ने निक्र्यौल भयो, त्यसपछि तयारीमा लागियो । तयारीका साना साना विषयमा व्यवस्थापन थालियो । क्लिनिकल म्यानेजमेन्टमा लागियो । स्टे«स सबैलाई हुन्छ, लुकाउनु पर्ने कुरै छैन । केही बिग्रेलाकी भन्ने दिमागमा भइराख्ने रहेछ । त्यसैले तयारीमा धेरै लागियो । प्रधानमन्त्रीले मुलुकमै शल्यक्रिया गराउनुभएकोमा गर्ववान्वित छौ‌ ।

डा. अनिल श्रेष्ठ

तीनचार दिन अघि प्रत्यारोपणबारे थाहा भयो । धेरै खुशी भइयो । एउटा प्रेसर त परिहाल्छ । प्रधानमन्त्री शल्यक्रियाको लागि आउनुहुन्छ भनेपछि एकखालको तयारीमा जुट्यौ । आइसीयू, औषधि, इक्यूपमेन्टको के अवस्था छ ? सबै जाँच गरियो । जसरी अरु विरामीको जाँच गरिन्छ, त्यो पनि जाँच गरियो । त्यसरी दुवैको (मिर्गौला दिने र लिने) स्वास्थ्य अवस्था राम्रो पायौ । एनेस्थेसियाको काम सधैँ प्रेसरमा नै हुन्छ । पेसेन्ट बेहोस छ भनेपछि सधैँ प्रेसरमा परिन्छ । देशविदेशबाट सबैले हेरिरहेको विरामी भएकाले प्रेसर बढी परेको थियो । त्यहाँ सावधानीपूर्वक काम गरेका थियौँ । कुनै बाधाअड्नविना नै काम सम्पन्न भएको थियो । यसमा हामी खुशी छौ । गर्व अनुभूति गरेका छौ ।

कविता देवकोटा

खुशी लाग्यो । हाम्रो गौरवको कुरा थियो । हाम्रो डिपार्टमेन्टबाट सबैले लागीपरेका थियौ । अपरेशन थियटर, आइसीयुमा धेरै केयरमा थियौँ । सफलतामा सबैको उत्तिकै महत्वपूर्ण भूमिका थियो ।

प्रा.डा.जगदीश अग्रवाल

सबैको गौरवको विषय हो । त्रिविविका सम्पूर्ण पदाधिकारी हर्षित थियौँ । प्रधानमन्त्री भर्ना हुनुभएको दिन चिकित्सक, नर्सिङ सबैको टिम बसेर छलफल गर्यौ । यो टिम वर्क हो । सबैले मिलेर काम गर्दा राम्रो परिणाम दिन्छ । अब अस्पतालमा विरामीको दवाव बढ्ने छ । सरकारले पनि शिक्षण अस्पतालको विकासका लागि सहयोग गर्नुपर्छ ।

प्रा.डा.प्रेमराज ज्ञवाली

शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण १२ वर्षदेखि गर्दै आएको हो । हरेक बुधबार दुईवटा मिर्गौला प्रत्यारोपण नियमित काम नै हो ।

देशको प्रधानमन्त्रीको अपरेशन गर्यौ । मानसिक प्रेसरदेखि विभिन्न प्रेसर हुन्छ । हाम्रो टेक्निकल लाइनमा प्रधानमन्त्री र अरु सामान्य नागरिकमा केही फरक हुँदैन । मिर्गौला कल्ले जोड्यो मिर्गौला ? भन्ने प्रश्नको पनि उत्तर दिन चाहन्छु । समीक्षा र प्रधानमन्त्रीको अपरेशन एकैपटक एउटै टेबुलमा भएको थियो । सात जना सर्जन थियौ । कसले काट्यो, कसले जोड्यो भन्दा पनि यो टिमले गर्यो । त्यो टिम टिचिङ अस्पतालमा छ । यो टिम वर्क हो ।गोरखापत्र दैनिकमा प्रकाशित छ ।

salt training

कमेन्ट गर्नुहोस्