
रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् ।
बुधवार अपराह्न ३ बजे विश्वव्यापी महामारीको रूप लिएको कोरोना भनिने कोभिड १९ संक्रमणसँग लड्न पोखरेलले सर्वदलीय बैठक बोलाएका हुन् ।
अहिलेसम्म नेपालमा नदेखिएपनि कोरोना नेपाल भित्रिने त्रास कायमै रहेको छ । कोरोनाबाट जोगिन सरकारले गरेको पूर्वतयारी र थप गर्नुपर्ने कामहरूका बारेमा बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ५ वटै दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको पोखरेलको सचिवालयले बताएको छ ।