२३ असार २०८३, मंगलबार

काँग्रेसको परिकल्पना, ‘नमुना स्थानीय सरकार’

कात्तिक २०, २०७४
काँग्रेसको परिकल्पना, ‘नमुना स्थानीय सरकार’

काठमाडौँ, ६ वैशाख - नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ ।nepali congress

नेता महेश आचार्य नेतृत्वको पार्टीको निर्वाचन घोषणापत्र तयारी समितिले आज पार्टीका शीर्ष नेता तथा पदाधिकारीसहित प्रारम्भिक मस्यौदामाथि छलफल गरेको छ । छलफलका क्रममा नेताले स्थानीयस्तरका विषयलाई बढी प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभएको समितिले जनाएको छ ।

संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्नुपर्ने विषयमा काँग्रेसले जोड दिएको छ ।

पार्टीेले सहरी क्षेत्रका साथै गाउँपालिकाका जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, स्थानीयस्तरमा रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल बनाउने विषय घोषणापत्रमा समावेश गर्ने तयारी गरेको छ ।

निर्वाचनमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयम्सेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्की सडक, उज्यालो बस्ती, घरघरमा स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट, बाल, युवा तथा महिला क्लब, बारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने विषय काँग्रेसको प्रतिबद्धता हुनेछ ।

समितिले यसअघि पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पेसागत संस्थाका प्रतिनिधिलगायत पार्टी केन्द्रीय समिति र सांसदसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो ।

समितिले थप छलफलपछि यही वैशाख १० गते घोषणापत्र सार्वजनिक गरी जिल्ला जिल्लामा पु¥याउने जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्