२९ असार २०८३, सोमबार

बस र अटो रिक्सा ठोक्किँदा एक जनाको मृत्यु

फागुन २९, २०७६
बस र अटो रिक्सा ठोक्किँदा एक जनाको मृत्यु

बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

भे१ख २१२९ नम्बरको बस र अटो बिहीवार बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृतकको नाम र ठेगाना अभैm खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्