१० असार २०८३, बुधबार

चरेश तस्करी गरेको आरोपमा भारतमा दुई नेपाली पक्राउ

फागुन २९, २०७६
चरेश तस्करी गरेको आरोपमा भारतमा दुई नेपाली पक्राउ

भारतको उत्तर प्रदेशस्थित बहराइचमा नेपालसँगको सीमामा एसएसबीले बुधवार राति एक निजी बसबाट ३१ किलो ३७० ग्राम चरेश बरामद गरेको छ । 

त्यसको मूल्य लगभग १६ करोड पर्छ । 

बस नेपालबाट यात्रीहरू लिएर हरियाणा गइरहेको दैनिक भास्कर पत्रिकाले लेखेको छ । एसएसबीले बसका चालक र एक अन्य आरोपितलाई पक्राउ गरेर प्रहरीलाई सुम्पेको छ । प्रहरीले दुवैलाई जेल पठाएको छ । 

पक्राउ परेकामध्ये चालकको नाम तिलक सुनार हो । उनी दाङको तुलसीपुर निवासी भएको बताइएको छ । 

नार्कोटिक्स कन्ट्रोल रूम लखनउका अधिकारीहरूले बहराइचमा रहेको रुपैडियास्थित एसएसबी ४२औं वाहिनीका अधिकारीहरूलाई नेपालबाट भारतमा चरेस आइरहेको सूचना प्राप्त भयो । अनि कार्यवाहक कमान्डेन्ट शैलेश कुमारले बुधवार राति ११ बजेतिर सघन जाँच गराउन थाले । मध्यराततिर एक निजी बस नेपालबाट भारतीइ सीमा प्रवेश गरेको देखियो । 

एएसबीका अधिकारी र जवानहरूले बसको तलाशी लिँदा छत र डिक्कीमा राखिएका बोरामा चरेस भेटे । चरेसलाई हरियाणा लगिँदैथियो । 

पक्राउ परेका बसचालकसँग नेपाली नागरिकताका साथै हरियाणाको परिचयपत्र पनि छ । उनी हरियाणाको पंचकुलाको घर नम्बर ९२ मा बस्छन् ।
 

कमेन्ट गर्नुहोस्