०७ साउन २०८३, बिहीबार

‘तिमीविना म बाँच्न सक्दिनँ’, कोरोनाभाइरसले लियो प्रेमिल जोडीको ज्यान

फागुन २९, २०७६
‘तिमीविना म बाँच्न सक्दिनँ’, कोरोनाभाइरसले लियो प्रेमिल जोडीको ज्यान

उनीहरूको विवाह भएको ६० वर्ष बितिसकेको थियो । लामो समय प्रेमपूर्वक विवाहित जीवन बिताएका उनीहरूलाई कोरोनाभाइरसको प्रकोप पर्‍यो । 

इटलीको उत्तरतिर रहेको आल्बिनो शहरमा बस्ने ८६ वर्षीय लुइगी कारारा र ८२ वर्षीय सेभेरा बेलोत्ती मंगलवार दुई घन्टाको अन्तरमा बिते ।

‘उहाँहरू बित्नुभएपछि मैले उहाँहरूको शरीरलाई अँगालो हाल्न पनि सकिनँ,’ गहभरि आँसु ल्याउँदै छोरा लुका काराराले बताए । 

१०३ डिग्री ज्वरो आएको अवस्थामा त्यो वृद्ध जोडी कुनै स्वास्थ्योपचार नपाई घरैमा थुनिन बाध्य भएको थियो । 

लुइगीलाई शनिवार बेर्गामो अस्पताल लगिएको थियो भने सेभेरालाई त्यही अस्पतालमा आइतवार लगिएको थियो । 

एकजनाको मृत्यु बिहान सबा ९ बजे भयो भने अर्काको बिहान ११ बजे । 

छोरा लुकाले स्थानीय पत्रिका कोरिएर देला सेरालाई बुवाआमा एक्लै बितेको किनकि आफूले उहाँहरूलाई अलबिदा भन्न पनि नपाएको बताए । 

लुकाले सामाजिक सञ्जालमा भावुक सन्देश लेखे, ‘प्रिय आमाबुवा, यो खराब भाइरसले तपाईं दुवैको ज्यान एकैदिन लियो । माथि गएपछि पनि तपाईंहरू झगडा गर्नुहोला त ? अनि त्यहाँ पनि तपाईंहरू अँगालो मारेर झगडा टुंग्याउनुहुन्छ होला है ?’

लुका अहिले परिवारसँग क्वारेन्टाइनमा बसिरहेका छन् । उनले बेर्गामो अस्पतालको बारेमा गुनासो गर्दै भने, ‘त्यहाँका कर्मचारीलाई रोगी कहाँ राख्ने भन्ने पनि थाहा छैन । शायद चिकित्सकहरू पनि को बाँच्ने र को मर्ने भनी छनोट गरिरहेका छन् र वृद्धहरूलाई उपचार दिइरहेका छैनन् ।’

आफ्ना पिताको स्वास्थ्य राम्रो रहेको र कहिले पनि चिकित्सकलाई देखाउनु नपरेको उनले बताए । ‘यो सामान्य रुघाखोकी हैन, डरलाग्दो भाइरस हो । तपाईं अस्पताल जानुभयो भने बाँच्ने मर्ने ठेगान हुन्न ।’

आफूले मातापिताको शरीर हेर्न नपाएको किनकि उहाँहलाई चिहानमा लगेको अनि केही दिनपछि दाहसंस्कार गरिने उनले बताए । दाहसंस्कारमा पनि लामो लाइन लागेको उनको भनाइ छ । 

कोभिड–१९ ले इटलीमा ८२७ जनाको ज्यान लिइसकेको छ भने १२ हजार ४६२ वटा केस पुष्टि भइसकेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्