
श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरले दक्षिणकाली नगरपालिका–२ विगमफाँटमा श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका ३५ वर्षीय नवीन राईलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले होलीका दिन ३३ वर्षीया पुष्पा राईमाथि कुटपिट गरेर हत्या गर्ने नवीनलाई पक्राउ गरिएको जानकारी दिए।
मृतक पुष्पाको मुख र टाउकोमा चोट लागेको थियो । पक्राउ परेका राई लामो समयदेखि बङ्गुरफार्ममा काम गर्दै आएका थिए।