
पत्रकार वीरेन्द्र साहको हत्या गरेका कुन्दन भनिने नरेन्द्र फौजदारलाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि वीरगञ्ज करागार पठाउने आदेश गरेको छ।
न्यायाधीश खीलनाथ रेगमीको एकल इजलासले फौजदारलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका प्रवक्ता कौसर ज्ञवालीले जानकारी दिए।
बिहीबार भएको थुनथेक बहसपछि अदालतले कारागार पठाउने आदेश गरेको बताइएको छ। लागुऔषध मुद्दासमेत संलग्न रहेको आरोपमा उनलाई बयानका लागि कारागारबाट आदलतमा झिकाउने प्रवक्ता ज्ञवालीले बताए।
यो भन्दा अगाडि स्व पत्रकार साहको हत्यामा संलग्न रहेका मैनेजर गिरी ११ वर्ष जेल सजाय काटी जेलमुक्त भइसकेका छन् भने रामएकवाल सहनी वीरगञ्ज करागारमा जेल जीवन बिताइरहेका छन्।