२५ असार २०८३, बिहीबार

पश्चिमी वायूको प्रभावका कारण मौसममा बदली, दिउँसो पानी पर्ने सम्भावना

फागुन ३०, २०७६
पश्चिमी वायूको प्रभावका कारण मौसममा बदली, दिउँसो पानी पर्ने सम्भावना

शुक्रवार मुलुकको पश्चिमी तथा मध्य भूभागमा सामन्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज अन्य भूभागमा समेत आंशिक बदलीको अवस्था रहेको छ । 

पश्चिमी वायूको प्रभावका कारण मौसममा बदली आएको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शुक्रवार दिउँसो देशभर सामान्य बदली रहनेछ भने पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भ(भागका थोरै स्थानहरुमा मेघ(गर्जनरचट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । 

देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

राती पनि देशभर सामान्य देखि पूर्ण बदली महाशाखाको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्