०३ असार २०८३, बुधबार

पर्यटकीय सहरमा ‘कोरोना कहर’

चैत २, २०७६
पर्यटकीय सहरमा ‘कोरोना कहर’
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

देशकै पर्यटकीय सहर भनेर चिनिने पोखराको लेकसाइड यतिबेला सुनसान बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रामा प्रतिबन्ध लगाइएपछि पर्यटकको सङ्ख्या न्युन भएको हो ।

अधिकांश विदेशी पर्यटकले भरिभराउ हुने पोखरा यतिबेला सुनसान छ । अंग्रेजी महिना मार्च, अप्रिल, मेमा पर्यटक आउने सिजन भए पनि यतिबेला भारतीय पर्यटकबाहेक अरू कमै मात्रामा देख्न सकिन्छ ।

ट्रेकिङ ऐजेन्सी एसोसिएसन अफ नेपाल टानका अध्यक्ष हरि भुजेलले कोरोना भाइरसका कारण सिजनकै समयमा पर्यटक नआउँदा पर्यटन व्यवसायी ठूलो मारमा परेको बताउनु भयो । सरकारले नोटिस जारी गरेर भिसा बन्द गरेकेले आउँदै गरेका पर्यटक पनि बुकिङ रद्द गरेको भुजेलले बताए ।

पर्यटन व्यवसायमा ठूलो धक्का खेप्नु परेको भन्दै भुजेलले सरकारले बैङ्कको ब्याज घटाउने र पर्यटन क्षेत्रमा भएको लगानीलाई बैङ्क तथा व्यवसायीलाई असर नपर्ने गरी केही समयपछि तिर्ने खालको व्यवस्था गर्नसमेत माग गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले बाहिरबाट आउनेलाई एयरर्पोटभित्र छिर्दा मात्रै पनि १४ दिन क्वारेन्टाइनमा बस्न लगाएपछि पर्यटनको अवस्था बिग्रिएको बताए । अर्बौं लगानी गरेका व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने भन्दै उनले पनि ब्याज र किस्तामा राहत दिन आग्रह गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाको कारण पर्यटन उद्योगमा ठूलो असर पुगेको बताए। मुख्यमन्त्री गुरुङले कोरोनासँग भिड्न प्याकेजै ल्याउनुपर्ने अवस्था भएको बताए। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्