३२ असार २०८३, बिहीबार

कोरोनाबाट बचाउन शिवलिंगलाई मास्क !

कोरोनाबाट बचाउन शिवलिंगलाई मास्क !

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भनिने कोभिड १९ भाइरसबाट बच्न धेरै ठाउँमा सचेतना अभियान चलाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा त्यस्तै एक अभियानअन्तर्गत मन्दिरमा रहेको शिवलिंगमा समेत मास्क लगाइएको छ ।

मानिसहरूमा जागरुकता बढोस भन्नका लागि शिवलिंगमा मास्क लगाइएको भएपनि यसलाई धर्मसँग जोडेको भन्दै केही व्यक्तिहरूले विरोध गरेका छन् ।  

स्थानीय रूपमा समाजसेवीको परिचय बनाएका रवीन्द्र त्रिवेदीले वाराणसीको प्रल्हाद घाटमा बनेको प्रह्लादेश्वर मन्दिरमा रहेको शिवलिंगलाई मास्क लगाइदिएका हुन् ।

शिवलिंगलाई मास्क लगाइदिए पछि त्रिवेदीले पूजा गर्न आउने भक्तजनहरूले मूर्ति नछोइकन बाहिरैबाट पूजा गरेर जान अनुरोधसहित सन्देश लेखेर छोडेका छन् ।

त्रिवेदीले मान्छेहरूमा जागरुकता फैलाउन शिवलिंगलाई मास्क लगाइएदिएको बताएका छन् ।
'एकले अर्कालाई छोएपछि यो भाइरस फैलिन्छ,' उनले भनेका छन्, 'हामीले जागरुकता ल्याउनकै लागि शिवलिंगलाई मास्क लगाइदिएका हौँ ।'

salt training

कमेन्ट गर्नुहोस्