३२ असार २०८३, बिहीबार

कोरोनाको संक्रमण रोक्न सरकार जनमुखी योजनासहित अघि बढ्छ : उपप्रम पोखरेल

कोरोनाको संक्रमण रोक्न सरकार जनमुखी योजनासहित अघि बढ्छ : उपप्रम पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको नियन्त्रण गर्न सरकार विभिन्न तवरले योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन्।

पोखराका पर्यटन व्यवसायीको टोलीले संघीय सरकारसँग रहेका समस्या समाधानका लागि बुझाएको ज्ञापनपत्र आइतबार बुझ्दै मन्त्री पोखरेलले कोरोनाको वास्तविकता र भाबी सरकारको योजनाका बारेमा जानकारी दिएका हुन्।

उनले सरकारले देशव्यापी छलफल तथा सहकार्य अघि बढाएको स्पष्ट पारे। उपप्रधानमन्त्री पोखरेलले छलफलबाट आएको निष्कर्षकै आधारमा सरकारले जनमुखी तथा व्यवसायीमुखी योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाए।

समस्याबाट नआतीकन सहकार्य र समाधानको बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कोरोनाकै कारण भ्रमण वर्ष २०२० सरकारले रोकेको र आगामी दिनमा भ्रमण वर्षको नयाँ योजना बनाई अघि बढ्ने बताए। जनता तथा व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले सरकारलाई सबैको साथ र सहयोग अपरिहार्य रहेको औँल्याए।
 

salt training

कमेन्ट गर्नुहोस्