०६ साउन २०८३, बुधबार

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आज साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्